दफा २८
मूल ऐनको दफा ४७ पछि दफा ४७क थप
मूल ऐनको दफा ४७ पछि देहायको दफा ४७क थपिएको छः–“४७क. नेपालभित्र कारोबार भएको मानिनेः (१) प्रचलित कानूनमा जुनसुकै करा लेखिएको भए तापनि नेपालमा दर्ता वा संस्थापना भएको कुनै कम्पनीको शेयरमा रहेकोकुनै व्यक्ति,कम्पनी वा संगठित संस्थाको शेयर स्वामित्व कुनै किसिमले परिवर्तन भएमा त्यसरी परिवर्तन गर्ने कारोबार नेपाल भित्र वा नेपाल वाहिर जहाँ सुकै गरेको वाभएकोमात्यस्तो कारोवार नेपालमा नै भएको मानिनेछ ।(२) उपदफा (१) बमोजिम भएको शेयर स्वामीत्व परिवर्तनको विवरणअभिलेखका लागिदफा ४७ बमोजिम कार्यालयलाई उपलब्ध गराउनु पर्नेछ ।